Published in the National Daily Newspaper “Gorkhapatra”
on Wednesday 11 Poush 2080 (27 December 2023)
नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र
केन्द्रीय नवीकरणीय ऊर्जा कोष
Central Renewable Energy Fund (CREF)
दिगो ऊर्जा चुनौती कोष (Sustainable Energy Challenge Fund – SECF) बाट वित्तीय सहायताको लागि
दिगो ऊर्जा परियोजनाहरूको अवधारणा पत्र (Concept Note) आह्वान सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८०/०९/११)
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको वित्तीय संयन्त्र केन्द्रीय नवीकरणीय ऊर्जा कोषले बेलायत सरकार, संघीय गणतन्त्र जर्मनी र युरोपेली संघको सहयोगमा सञ्चालन गर्दै आएको दिगो ऊर्जा चुनौति कोष (SECF) मार्फत दिगो ऊर्जा परियोजनाहरूको वित्तीय सम्भाव्यता (Financial Viability) र दिगो सञ्चालनको सुनिश्चित गर्न वित्तीय र प्राविधिक सहायता प्रदान गर्दै आएको हुँदा योग्य आवेदकहरूबाट अनलाइन आवेदन पोर्टलः www.secf.nrepnepal.com मार्फत अवधारणा पत्र पेश गर्न यसै सूचना मार्फत आव्हान गरिन्छ । अनलाइन आवेदन पोर्टल सन् २०२४ को जनवरी ३१ तारिखसम्म खुला रहनेछ । यस अवधिमा प्राप्त अवधारणापत्रहरु नियमित रुपमा मूल्याङ्कन गरिने भएकोले सम्भाव्य आवेदकहरूलाई अवधारणा पत्रहरू यथाशिघ्र पेश गर्न प्रोत्साहित गरिन्छ ।
दिगो ऊर्जा चुनौति कोष मार्फत सम्भाव्य परियोजनाहरुमा सहयोगको लागि दुई चरणमा आवेदन आव्हान गरिन्छ । पहिलो चरणमा सम्भावित दिगो ऊर्जा परियोजनाहरूको अवधारणा पत्रको आह्वान गरिन्छ । अवधारणा पत्रहरुलाई प्राविधिक सम्भाव्यता, वित्तीय पक्ष, अपेक्षित परिणाम र परियोजनाको प्रभावको आधारमा छनौट गरिन्छ र छनौट भएका अवधारणा पत्रहरूको पूर्ण प्रस्ताव आव्हान गरिन्छ । योग्यता मापदण्ड, आवेदन प्रक्रिया र सहयोगका क्षेत्र सम्बन्धी अद्यावधिक जानकारी www.nrepnepal.com /2023/12/secf-information-package/ मा उपलब्ध छ। थप जानकारीका लागि इच्छुक आवेदकहरूले इमेल (secf_queries@NREPNepal.com) वा फोन (९८०२३२३३१८) मार्फत सम्पर्क गर्न सक्नेछन् । परियोजना अवधारणा पत्रहरू स्वीकार वा अस्वीकार गर्ने अधिकार AEPC/CREF मा सुरक्षित रहनेछ।