Published on Saturday 21st September 2024
in National Daily Newspaper “Gorkhapatra”
नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र
केन्द्रीय नवीकरणीय ऊर्जा कोष
दिगो ऊर्जा चुनौती कोष मार्फत सहयोग हुन सक्ने आयोजनाहरुको लागि अवधारणा पत्र (Concept Note) आह्वान सम्बन्धी सूचना
प्रकाशित मिति: २०८१/०६/०५
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले केन्द्रीय नवीकरणीय ऊर्जा कोष अन्तर्गत रहने गरी भायबिलिटी ग्याप फण्डिङ्गमा आधारित दिगो ऊर्जा च्यालेञ्ज फण्डको स्थापना गरेको छ|नेपाल सरकार र बेलायत सरकारको सहयोगमा सञ्चालित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको मुख्य लक्ष्य वितरित दिगो ऊर्जा परियोजनाहरुमा निजी क्षेत्रको लगानी बृद्धि गर्ने तथा सबैमा ऊर्जाको पहुुँच पुर्याउन सहयोग गर्ने रहेको छ| कार्यक्रमले दिगो ऊर्जा च्यालेञ्ज फण्ड मार्फत वितरित दिगो ऊर्जा परियोजनाहरुको वित्तीय सम्भाव्यता र सञ्चालनको लागि वित्तीय र प्राविधिक सहायता प्रदान गर्दै आएको ।
दिगो ऊर्जा च्यालेञ्ज फण्ड मार्फत सम्भाव्य परियोजनाहरुमा सहयोगको लागि दुई चरणमा आवेदन आव्हान गरिन्छ । पहिलो चरणमा सम्भावित वितरित दिगो ऊर्जा (Distributed Sustainable Energy-DSE) परियोजनाको अवधारणा पत्रको आह्वान गरिन्छ भने दोस्रो चरणमा पहिलो चरणबाट छनौट भएका अवधारणापत्रहरुबाट पुर्ण प्रस्ताव आव्हान गरिन्छ| प्रस्तुत सूचना मार्फत तपसिल बमोजिमका अयोजना विकासकर्ता तथा वित्तीय संस्थाबाट अवधारणा-पत्र आव्हान गरिएको छ : (१) विधमान लघु तथा साना जलविधुत आयोजना, मिनीग्रिड अन्य नवीकरणिय ऊर्जा आयोजनाहरुको प्राविधिक, वित्तीय तथा व्यवस्थापकीय पक्षहरुको सुधारको लागि प्रस्तावित आयोजनाहरु (२) बैंक ब्याजमा सहुलियत प्राप्त गर्न सक्ने वा विधुत उत्पादन परिमाणको आधारमा थप सहयोग प्राप्त गर्न सक्ने क्याप्टिभ सौर्य विधुत प्रणाली जडान तथा व्य्वासायिक, संस्थागत र औधगिक भवनहरुमा जडान गरिने नवीकरणीय ऊर्जा आयोजनाहरु (३) नवीनतम नवीकरणीय आयोजनाहरु र (४) सहज रुपमा कर्जा प्राप्त गर्न निस्चित अवधिको लागि निस्चित प्रतिशतसम्म बैंक जमानत बसिदिने प्रक्रियामा सहभागी हुन इच्छुक वाणिज्य बैंकहरु। उक्त अवधारणापत्र अनलाइन आवेदन पोर्टल (www.secf.nrepnepal.com) मार्फत पेश गर्नु पर्नेछ | आवेदन पेश गर्ने समयावधी तपसिल बमोजिम रहेको छ:
अवधारणापत्रको प्रकार | आवेदन पेश गर्नु पर्ने अन्तिम मिति |
|
सन् २०२४ अक्टोबर १५ |
|
सन् २०२४ अक्टोबर ३१ |
नोट : तोकिएको समयाधीभित्र पेश गरिएका अवधारणापत्रहरुमात्र मुल्यांकन प्रक्रिया समावेश गरिने। यो सुचना प्रकाशित भएको मितिदेखि अर्को सुचना प्रकाशित नभए सम्म सार्वजनिक निजी साझेदारीको आयोजनाहरु, माग एकीकृत गरी कार्यान्वयन गरिने आयोजनाहरु तथा लिलाम घटाघट प्रक्रियाबाट ऊर्जाको पहुुँच पुर्याउने आयोजनाहरुसगँ सम्बन्धित अवधारणापत्रहरु मुल्यांकन प्रक्रियामा समावेश गरिनेछैन।
परियोजना अवधारणा पत्रहरू स्वीकार वा अस्वीकार गर्ने अधिकार AEPC/CREF मा सुरक्षित रहनेछ।
थप जानकारीका लागि नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको वेभसाइट https://www.nrepnepal.com/notices/ हेर्न सकिनेछ वा इमेल ठेगाना secf_queries@NREPNepal.com वा फोन नं. ९८०२३२३३१८ मा सिधै सम्पर्क गर्न सकिनेछ | यस सम्बन्धी थप जानकारी www.moewri.gov.np , www.aepc.gov.np , www.nrepnepal.com बाट समेत प्राप्त गर्न सकिनेछ।